site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र तेस्रोपटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री अस्थिर भएको टिप्पणी गरे ।

उनले नेपालमा प्रधानमन्त्रीकै कारण गठबन्धनहरू टुट्ने गरेको बताए । वर्तमान सत्ता गठबन्धन पनि धेरै समय स्थिर नहुने उनको भनाइ थियो ।

“...गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनुभएको छैन । खासगरी के हुन्छ भने गठबन्धनमा नेतृत्व गरेको दलले अथवा प्रधानमन्त्रीको कारणले गठबन्धन टुट्दैन । गठबन्धनमा आबद्ध अरूको कारणले गठबन्धन टुट्ने गर्छ,” उनले भने, “तर, अहिले र योभन्दा अगाडि के भएको छ भने प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ । भत्किएको छ । त्यसकारण यो धेरै स्थिर हुन्छ भन्ने मलाई लाग्दैन ।”

सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमानदारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro