site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृह मन्त्रालय र आरती साहकाे परिवारबीच पाँचबुँदे सहमति

काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ । मंगलबार राति गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सहमति भएको हो ।

सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भएको छ । प्राप्त प्रमाण अदालतमा पेस गर्ने सहमति भएको छ ।

अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र अनुसन्धान थालिएको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

Dabur Nepal
NIC Asia

अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ । आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ ।

घटनाबारे नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएका प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको छ । घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिनेछ ।

अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गरिनेछ ।

यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ ।

सहमतिसँगै आरतीको परिवारको तर्फबाट भइरहेको आन्दोलन फिर्ता भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro