राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए । “कतै भोट हाल्दैनौँ, नो भोटको स्थितिमा छौँ हामी,” उनले भने ।
राष्ट्रियसभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् ।
राष्ट्रियसभा अध्यक्षका निम्ति आज सदनमा निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्