site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।

भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

सच्याइएको*

यसअघि मृत्यु भएको भनी प्रयोग गरिएको तस्बिर भुलवश गलत पर्न गएकोमा सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro