site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस र एमाले मिल्ने भए पहिले संविधान संशोधनमा सहमति गर्नुपर्छ : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिले नै सरकार बनाउने खेलमा लाग्न नहुने बताएका छन् । आइतबार काठमाडौंको सुकेधारामा आयोजित शिक्षक संघ वाग्मती प्रदेशको चौथो अधिवेशनमा नेता पौडेलले कांग्रेस अहिले 'भ्यागुताको धार्नी' पुर्‍याउने खेलमा लाग्न नहुने बताएका हुन् ।

“नेपाली कांग्रेस भ्यागुताको धार्नी पुर्‍याउन लाग्न हुँदैन । कांग्रेसले रचनात्मक भएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ । देश र जनताको पक्षमा खरो रूपमा प्रस्तुत हुनुपर्छ‚” उनले कार्यक्रममा भने ।

अहिले एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउन लागेको हल्ला चलेको बताउँदै उनले यस्तो शंका गलत भएको दाबी गरे । साथै उनले पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न क्षेत्रमा उठेका शंका आशंबारे चित्रण समेत गरे ।

“यो हल्ला मात्रै हो, कांग्रेसले अहिले नै हतार गर्न हुँदैन‚” उनले भने‚ “दुईवटा ठूला पार्टी मिल्दा स्थिरता त कायम हुन्छ, तर स्थिरताले मात्रै पुग्ने स्थिति छैन । अहिले देशलाई ठूलो आर्थिक तथा प्रशासनिक व्यय भार थपिएको छ । यसलाई घटाउनु आजको प्रमुख आवश्यकता हो ।”

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसदसमेत रहेका उनले कांग्रेस र एमाले मिल्ने अवस्था आए संविधान संशोधनमा पूर्वसहमति गर्नुपर्ने तर्क गरे । दुई ठूला पार्टी मिल्ने अवस्था आरए संविधान संशोधनमार्फत संघ तथा प्रदेशका सांसदको संख्या र मन्त्रालयको संख्या घटाउने, स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने गरी सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro