site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात महिनामा पर्यटकबाट साढे ४५ अर्ब भित्रियो, नेपाली विदेश जाँदा एक खर्ब बाहिरियो 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल भित्रिने पर्यटकबाट सरकारले आर्जन गर्ने रकमको दुई गुणाभन्दा बढी रकम नेपालीहरू विदेश जाँदा बाहिरिने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।

सोही अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकबाट संकलन भएको रकमभन्दा नेपालीहरू विदेश जाँदा बाहिरिएको रकम ५९ अर्ब ३५ करोड रुपैयाँले बढी रहेको छ ।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत माघसम्म भ्रमण आय ४४.५ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा भ्रमण आय ४५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो आय ३१ अर्ब ४१ करोड रहेको थियो । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा भ्रमण व्यय एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६९ अर्ब ८९ करोड रहेकोमा शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकले नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाँदा ठूलो रकम विदेशिएको देखिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro