अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा वैदेशिक रोजगारीका सिलसिलामा चार लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार यो अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार ५४० रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १५:३०
प्रतिक्रिया दिनुहोस्