site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
इन्स्टाग्राममा इमोजी पठाएर गेम कसरी खेल्ने ?

काठमाडौं । इन्स्टाग्रामले च्याट बक्समा गुपचुप तरिकाले एउटा गेम (खेल) थपेको छ । गेम सामान्य छ । समय व्यतीत गर्न र अल्छी लागेका बेला सजिलै खेल्न सकिन्छ ।

खेलमा आफ्नो औँलालाई स्क्रिनको फेदमा रहेको ‘प्याडल’लाई दायाँबायाँ सारेर इमोजीलाई खस्नबाट जोगाउनुपर्छ ।

इमोजी प्याडलमा नछोएर खसे ‘गेम ओभर’ हुन्छ । जुनसुकै इमोजी प्रयोग गरेर गेम खेल्न सकिन्छ ।

कसरी खेल्ने ?
यो गेम खेल्न सुरुमा इन्स्टाग्राम एप खोल्नुपर्छ । त्यसपछि दायाँतिर टुप्पोमा रहेको म्यासेज बक्समा क्लिक गर्नुपर्छ ।

Global Ime bank

त्यसपछि कसैलाई (आफैँलाई) म्यासेजमा इमोजी पठाउनुपर्छ । उक्त इमोजीमा क्लिक गरेपछि गेम खुल्छ र खेल्न सकिन्छ ।

यो गेम अफलाइनमा पनि खेल्न सकिन्छ । इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नै प्लेटफर्ममा राखिराख्न यो अर्काे प्रयास गरेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu