site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फाँडे जाउलोको खोजीमा
Sarbottam CementSarbottam Cement

श्यामकृष्ण लम्साल


फाँडे जाउलोको खोजीमा
आदिम युगबाट आधुनिक भनिएको 
सभ्यताको यात्रा गर्ने क्रममा
हाम्रा पूर्वजहरूले
भस्मे र खोरिया फाँडेकै हुन् रे, 
जंगलको रुखको बोक्रा र कन्दमूल
त्यागेको भ्रममा
गृहस्थी जीवनको थिति बाँधेका थिए रे !

Prabhu Bank
Agni Group
NIC Asia

अहिले पनि फाँडे जाउलोको खोजीमै
भएको घर भत्काउँदै 
कहिले आफ्नो माटोसँग लाप्पा खेल्दै
कहिले खाडी, युरोप, अमेरिकातिर हड्डी घोट्दै
कहिले मरुभूमिमा बाफिँदै
छटपटाइरहेको सुन्नु, बुझ्नुपर्दा
आजको मान्छे कसरी आधुनिक भयो त ?

हाम्रा अग्रजहरूले हलो जोत्थे रे,
हामी शिरदेखि तीरसम्म जोतिरहेका छौँ 
सपनाको घडेरीमा सपनाकै बिल्डिङ ठोक्छौँ
जानेसम्मको अलेखा सपना जोड्ने प्रयत्न गर्छौँ 
तर पनि संसारमै किन गरिब ठहरिन्छौँ ?

Global Ime bank

आखिर जन्मजन्म
फाँडे जाउलोमै संघर्ष गरिरहनुपर्ने भए
आजको मान्छे 
कसरी आधुनिक हुन पुग्यो हँ ?

(भोजपुर)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement