site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२१ वर्षीया श्रीमतीको कुटेर हत्या गरेको आरोपमा भक्तपुरबाट एक पुरुष पक्राउ

काठमाडौं । भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेल छन् ।

उनीमाथि २१ वर्षीया श्रीमती पवित्रा राईको हत्या गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट डेरा गरी बस्ने सन्तोषले बिहीबार बेलुका श्रीमतीलाई कुटपिट गरेका थिए । सन्तोषको कुटपिटबाट घाइते भएकी राईको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro