site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिवरात्रीमा भारतीय पर्यटकलाई कैलाश–मानसरोवर दर्शन
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको र्दशन गराइएको छ । उनीहरूलाई जहाजमार्फत हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको आकाशबाट दर्शन गराइएको हो ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिँदा यो रुट सुनसान बनेको छ । जसको सिधा असर सो रुटको पर्यटन ब्यवसायमा परेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu