site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आहारपूरक सौन्दर्यवर्द्धक संघको प्रदेश समिति विस्तार

काठमाडौं । नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघ (एनएनसीए)ले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी वाग्मती प्रदेश समिति गठन गरिएको हो । विनोद पौडेलको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति बनाइएको छ ।

प्रदेश समिति विस्तार कार्यक्रममा कानुनी परिधिभित्र रहेर व्यापार–व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायका अधिकारीले बताए ।

Dabur Nepal
NIC Asia

अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीले व्यावसायिक सुरक्षा र चुनौतीका विषय के छन् भन्ने बारेमा छलफल चलाउन जरुरी रहेकामा जोड दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतै पनि दर्ता नभई र गुणस्तर परीक्षण नगरी सामग्री बिक्री–वितरण गरिए सरकारले कडा कारबाही गर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले खाद्यवस्तुले मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने उल्लेख गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए ।

कार्यक्रममा एनएनसीएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले कानुनसम्बद्ध व्यापार गर्ने वातावरण बनाउन सरकारको योजना प्रस्ट हुनुपर्नेमा जोड दिए ।

वाग्मती समितिको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण पौडेल, उपाध्यक्षमा अमित सिन्हा, सन्जिव रोय, महासचिवमा कृष्ण अधिकारी, सचिवमा सुमन शंकर, कोषाध्यक्षमा मीन रिमाल र सहकोषाध्यक्षमा वसन्त थापा निर्वाचित भएका छन् । सदस्यहरूमा गीता गौतम (सामना), सृष्टि बन, सरोज चालिसे, सरोज सापकोटा, प्रशुनराज उपाध्याय, रमेश पौडेल, सन्तोश सुवेदी, अरुण महर्जन र समीर काजी श्रेष्ठ छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro