site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात महिनामा ९५ क्विन्टल गाँजा बरामद, नेपालमा कुन वर्ष कति गाँजा बरामद ? 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा प्रहरीले देशका विभिन्न स्थानबाट ९ हजार ५७३ केजीभन्दा बढी गाँजा बरामद गरेको छ । २०८० साउनदेखि माघ मसान्तसम्म उक्त परिमाणमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २० हजार ६६९ केजी ९४१ ग्राम, २०७८/०७९ मा ११ हजार ८२ केजी ३६३ ग्राम, २०७७/०७८ मा ८ हजार २३४ केजी ७७४ ग्राम, २०७६/०७७ मा ४ हजार ३७० केजी २७३ ग्राम र २०७५/०७६ मा १० हजार ३६२ केजी ८६६ ग्राम गाँजा बरामद भएको थियो । 

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी गाँजा बरामद भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघसम्म सात महिनामा लागुऔषध गाँजा प्रयोगकर्ता, कारोबारी र ओसार पसारमा संलग्न ५१३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये ४५८ जना पुरूष र ५५ जना महिला छन् । तीमध्ये १४ जना १८ वर्ष मुनिका छन् भने ४९९ जना १८ वर्ष माथिका छन् । 

पछिल्लो समय गाँजा बोक्न इन्धन बोक्ने गाडी, सेफ्टी ट्यांकर तथा एम्बुलेन्स जस्ता शंका नहुने सवारी साधनहरू समेत प्रयोग हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल भन्छन् । “विशेषगरी नवयुवालाई लागुऔषध गाँजाको कुलतबाट बचाउन सचेतना आवश्यक छ । आफ्ना नानीहरूलाई कुलतबाट जोगाउन अभिभावक र स्कुलको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि नागरिक समाज पनि सम्वेदनशील भएर लाग्नुपर्ने हुन्छ,” उनले भने । 

लागुऔषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा २५ लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro