site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आयोगको निर्णयबारे रेशम भन्छन्– महाधिवेशनलाई वैधानिकता नदिनु आश्चर्यजनक 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई अवैध ठहर गरेपछि तरंग पैदा भएको छ । आयोगले महाधिवेशन र अध्यक्षमा निर्वाचित रेशमलाल चौधरीसहितको कमिटीलाई वैधानिकता नदिएपछि नेताहरू छलफलमा जुटेका छन् । 

चौधरीले आयोगको निर्णयबारे धारणा बनाउन र आगामी रणनीति तय गर्न बैठक बस्न लागेको जानकारी दिए । उनले आयोगले महाधिवेशनलाई वैधानिकता नदिनु आश्चर्यजनक भएको बताए । “त्यो उपस्थिति गराएर भएको महाधिवेशनलाई आयोगले मान्यता नदिनु आश्चर्यजनक कुरा हो,” उनले बाह्रखरीसँग भने,“यस विषयमा छलफल गर्न पार्टीको बैठक बस्दैछ ।” 

उनले आयोगको निर्णयले देशको राजनीतिक कता जाँदैछ भन्ने संकेत गरेको समेत बताए । आयोगले चौधरी पार्टीको सदस्य बन्न पनि योग्य नभएको भन्दै उनलाई अध्यक्ष स्वीकार गर्न नसकिने निर्णय गरेको छ । आयोगले उनकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष रहेको तत्कालीन अवस्थामा नै फर्किन भनेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्