site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीमा कांग्रेसतर्फका मन्त्रीले दिए राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका मन्त्रीहरूले मंगलबार सामूहिक राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।

कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरू खड्गबहादुर पोखरेल, कृष्णकुमार बिसी र बेदराज सिंहले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामापत्र बुझाएका हुन् । पोखरेल सामाजिक विकास, बिसी उद्योग, पर्यटन, वन तथा वातावरण र सिंह आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

“प्रदेश स्वायत्त छैनन् । कोसीको सरकार देखाएर केन्द्रको सरकार परिवर्तन भयो । यहाँ पनि हामीले समर्थन कायम राख्न जरुरी ठानेनौँ,” कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बाह्रखरीसित भने, “हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौँ र मन्त्रीहरूले पनि राजीनामा बुझाउनुभयो ।”

१० महिनाअघि उनीहरू नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकारमा सहभागी भएका थिए ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा त्यसको असर देखिएको हो । सोमबार केन्द्रमा नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro