खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले १८औँ ओभरमा दुई विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिमा उत्रिएको नेपालले १७.१ ओभरमा कुशल मल्ल र सोही ओभरको अन्तिम बलमा करण केसीलाई गुमाएको हो । नेपाली टिमको खातामा कुशलले २६ र करणले नौ रन थपे ।
जारी खेलको १८ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १६८ रन बनाएको छ ।
ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्