राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिए ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डले आज पनि नेपालसँग छलफल गर्ने तयारी गरेका छन् ।
प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो ।
"हामी वेट एन्ड सी मै छौँ । घटनाक्रम हेर्दैछौँ गुण र दोषको आधारमा समर्थन वा विरोध गर्छौँ । भोलि निर्णय हुन्छ," श्रेष्ठले भने ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० ०८:३४
प्रतिक्रिया दिनुहोस्