site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जनमत वाङ्गमय प्रतिष्ठानबाट विभिन्न सम्मानहरूको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सम्मानहरू यस वर्ष पनि विभिन्न साहित्यकारहरूलाई प्रदान गर्ने घोषणा गरेको छ । 

प्रतिष्ठानद्वारा प्रेषित विज्ञप्तिअनुसार २०७९ सालको ‘दीपा–जनमत सम्मान’ प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ), ‘गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान’ प्रमोद प्रधान (मोरङ), ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ डा. अभि सुवेदी (तेह्रथुम), ‘जनमत–जनक प्रधान सेवा सम्मान’ राजेश खनाल (काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै ‘केवलपुरे–जनमत सम्मान’ नर्मदेश्वरी सत्याल (संखुवासभा), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ रविन्द्र श्रेष्ठ (भक्तपुर), ‘कमला सैंजू–जनमत सम्मान’ लक्ष्मी माली (काठमाडौं), ‘जनमत–राजभाई सहयात्री सम्मान’ बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) र ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ मेरिना स्मृति (काठमाडौं) लाई प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिअनुसार ‘जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान’ गङ्गादेवी कसजू (बाग्लुङ), ‘जनमत–सिचि धर्म/संस्कृति सम्मान’ रामकृष्ण कर्माचार्य (ललितपुर), ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ महेश पौड्याल (काठमाडौं) तथा ‘जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान’ डा. सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिने निर्णय गरिएको छ ।  

Global Ime bank

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालद्वारा प्रेषित विज्ञप्तिमा ‘जनमत–ज्ञानरत्न/मंगलतारा राष्ट्रिय सम्मान’ दिनेश गुप्ता (पर्सा, भोजपुरी भाषा) र ‘जनमत–पूर्णमान/लुचि समाजसेवा सम्मान’ रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।    

उक्त सम्मानहरू प्रतिष्ठानको ४०औँ वार्षिकोत्सवको अवसरमा आउँदो चैत १७ गते प्रदान गरिने जनाइएको छ । सम्मानित व्यक्तित्वहरूलाई जनही १० हजार नगद राशिसमेत प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !