site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो ।

वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको छ । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार, जनवरीयता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्री अलपत्र पर्ने गरेका छन् ।

उडान अवरुद्ध भएपछि संखुवासभा, भोजपुर, धनकुटाका यात्री प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाका बढी यात्री हुने विमानस्थलमध्ये एक हो ।

Global Ime bank

उडानका निम्ति कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर ७२ सिटको विमानले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका निम्ति छोटो दूरीको उडानका कारण यहाँ यात्रीको भीडभाड हुने गर्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement