प्रविधि

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ ।
एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्रान्डका टिपरहरूसँग टाटा एस.के. १६१३ र टाटा एल.पी.के. २५२३ टिपर साट्न सकिने बताइएको छ ।
उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङस्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो । टाटा एस.के. १६१३ एल.पी.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
गाडी एक्सचेञ्ज तथा नयाँ खरिद गर्न चाहने ग्राहक यस एक्सचेञ्ज क्याम्पमा सहभागी भई भरपुर फाइदा उठाउन सक्नेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्