site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
निजामती विधेयकमा थपियो सूचना प्रविधि सेवा
प्रतिकात्मक तस्बिर ।

काठमाडौं । सरकारले संघीय निजामती सेवामा नेपाल सूचना प्रविधि सेवाको व्यवस्था गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभामा दर्ता गरिएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’मा नेपाल सूचना प्रविधि सेवाको व्यवस्था गरिएको हो ।

विधेयकले यसअघि नेपाल विविध सेवा अन्तर्गतका पदमा बहाल रहेका कर्मचारी पनि नेपाल सूचना प्रविधि सेवामा सूचीकृत हुने व्यवस्था गरेको छ ।

विधेयकमा संघीय निजामती सेवाअन्तर्गत ११ सेवा राखिएका छन् ।

त्यसमा नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा र  सूचना प्रविधि सेवा छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्