site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजामती सेवा प्रवेश : पुरुषलाई ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव, अन्य के छ व्यवस्था ?

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा दर्ता भएको छ । 

दर्ता भएको विधेयकअनुसार अब निजामती कर्मचारी बन्न पुरुषको हकमा ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको छ ।यसअघि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर तोकिएको थियो । 

“राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको,” विधेयकमा लेखिएको छ, “राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।”

विधेयकमा थप लेखिएको छ, “पुरुष उमेदवारको हकमा २१ वर्ष र महिला उमेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको ।”

संघीय मामिलामन्त्री अनिता देवी साहले दर्ता गरेको विधेयकमा भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनि तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उमेदवार हुन सक्ने भनि लेखिएको छ । यस्तै, अधिकृत नवौँ तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उमेदवार हुन सक्ने उल्लेख छ ।

“पूर्ण अशक्त अपांगता, अतिअशक्त अपांगता वा मध्यम अशक्त अपांगता भएको व्यक्ति ३७ वर्षसम्म उमेदवार हुन सक्नेछ,” विधेयकमा प्रस्ताव गरिएको छ, “संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजनसम्बन्धी संघीय कानुनबमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थायी नियुक्ति भएका कर्मचारीलाई उमेरको हद लाग्ने छैन ।”

यस्तै, विधेयकले अन्तरतह प्रतियोगिता वा बढुवाका लागि उमेदवार हुन उमेरको हद नलाग्ने लेखिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro