
काठमाडौं । बिटकोइनको मूल्य विश्वबजारमा सोमबार दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म बिटकोइनको मूल्य ६५ हजार ८२ अमेरिकी डलर छ ।
बजार मूल्यको आधारमा सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य यस वर्षमा ५० प्रतिशत बढेको हो ।
अमेरिकाले गत जनवरीमा इन्भेष्टमेन्ट फर्महरूलाई बिटकोइनसँग जोडिएका स्पट बिटकोइन ईटीएफ किन्न अनुमति दिएको थियो ।
त्यसले ठूला लगानीकर्ता कम्पनीलाई यसमा लगानी गर्न बाटो खोलिदिएको थियो । त्यसयता बिटकोइनको मूल्य बढ्दै गएको छ । बिटकोइन पहिलो डिसेन्ट्रलाइज्ड क्रिप्टोकरेन्सी हो ।
बिटकोइनको कारोबार क्रिप्टोग्राफीमार्फत ब्लकचेनमा हुन्छ । सिस्टम अनुसार दुई करोड १० लाख बिटकोइको मात्रै उत्पादन हुनसक्छ । एक करोड ९० लाख बिटकोइन यसअघि नै माइन भइसकेका छन् ।