site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले भन्यो– अहिलेको नयाँ समीकरणमा ‘वेट एन्ड सी’ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान राजनीतिक घटनाक्रमलाई नियालिरहको बताएको छ । पार्टीको सचिवालय बैठकपश्चात् बोल्दै सम्मानित नेता झलनाथ खनालले आफूहरू ‘वेट एन्ड सी’मा रहेको बताए । 

“आजबाट घटनाक्रम सुरु भएको छ । यो कसरी भयो थाहा पत्तो छैन । नयाँ गठबन्धनको नीति कार्यक्रम के हुन्छ प्रकृति चरित्र थाहा पाउनु पर्‍यो । त्यो थाहा पाइसकेपछि हाम्रो फाइनल दृष्टिकोण बन्छ । अहिले हामी ‘वेट एन्ड सी’ मा छौँ,” उनले भने ।

उनले पुरानो गठबन्धन टुटेको भन्दै नयाँ गठबन्धनको विषयमा धेरै टिप्पणी नभएको बताए । “वामपन्थी साथीहरू साझा कार्यक्रममा एकता गरेर जाने अवस्था बन्यो भने खुल्ला छौँ तर, अरुकोमा धेरै टिप्पणी गर्दैनौँ,” उनले थपे । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro