site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन टुटेपछि शेखरले भने– अब कांग्रेस पूर्ण रूपमा जनतामा जान्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा निर्वाचनको ‘म्यान्डेट’को पालना नभएको टिप्पणी गरेका छन् । त्यसले कांग्रेसलाई घाटा मात्र नहुने उनले बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि डा. कोइरालाले गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालमा फाइदा हुने बताए ।

“गठबन्धन टुटुदा तत्कालका लागि घाटा देखिन्छ । हाम्रा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरूका पद गएका छन् । उहाँहरूले सरकारबाट जनतामा डेलिभरी दिने अवसर टुटेको छ,” उनले भने, “तर, यसको माने यो होइन कि कांग्रेसले सब चिज गुमायो । कांग्रेसलाई अर्को अवसर आएको छ, जनतामा जाने र पार्टी निर्माण गर्ने ।”

कोइरालाले कांग्रेसले आफूलाई जनताकेन्द्रित गरेपछि कसैसँग गठबन्धनको बाध्यता हटेर जाने तर्क गरे । उनले हिजो पनि कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्षमा रहेको भन्दै नेकपा (माओवादी केन्द्र)को आग्रहमा गठबन्धन गर्नुपरेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोड्दा जनतासँग गरेका शान्ति, विकास र स्थिरताको वाचामा चुकेको पनि उनले बताए । “हिजो ०७९ को चुनावमा हामी एक्लै चुनावमा जान चाहन्थ्यौँ । स्थानीय तहको चुनावदेखि नै उहाँहरू गठबन्धनमा रहन चाहनुभयो । गठबन्धन सरकार भएकाले कांग्रेसले त बाध्यात्मक रूपमा मात्र गठबन्धन गरेका थियो,” कोइरालाले भने, “जनतासँग गरेका वाचा प्रचण्डजीले भुल्नुभयो । अब उहाँलाई नै जनताले सोध्नेछन्– उहाँको वाचा कहाँ गयो ?”

कांग्रेसका नेता–कार्यकर्ताले गठबन्धन टुटेर निराश हुनु नपर्ने उनले बताए । पार्टीमा एकता र सहकार्यको संस्कृतिसहित नागरिकका समस्या सुन्ने काममा लागे समय आएपछि सरकार आफैँ आफ्नो पक्षमा आउने उनको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro