site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले घटनाक्रम विश्लेषण गर्ने, अपराह्न पुनः बैठक 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसेको हो ।

दिनभरको घटनाक्रम हेरेर आजै अपराह्न पुनः अर्को बैठक बस्ने नेता राजकिशोर यादवले जानकारी दिए । “दिनभरको घटनाक्रम हेरेर साँझ ४ बजे पुनः बैठक बस्ने निर्णय भयो,” उनले बाह्रखरीसित भने ।

पार्टी अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा छ । जसपाले तीन मन्त्रालयको दाबी गरेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्