site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा बिहानैदेखि वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Dabur Nepal
NIC Asia

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“आज दिउँसो वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “तर काठमाडौंमा भने वर्षाको सम्भावना छैन ।” उनका अनुसार काठमाडौंमा आज मौसम बदली हुनेछ । 

विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । “आजबाट देशभर मौसम खुल्दै जानेछ,” मौसमविद् नगरकोटीले भनिन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro