site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंश भन्छन्– नेगेटिभ क्यारेक्टर गर्दा ढुंगा खाएँ, अझै हिटलरको रोल गर्ने रहर छ

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले चलचित्रमा नकारात्मक क्यारेक्टरमा काम गर्न आफूलाई समस्या नरहेको बताएका छन् । ‘हरिबहादुर मदनबहादुर’मा हरिबहादुरको क्यारेक्टरमा समेत काम गरेकाले सिनेमामा खलपात्रको क्यारेक्टरमा काम गर्न आफूलाई समस्या नरहेको उनको भनाइ छ ।

“हरिबहादुरमा नकरात्मक क्यारेक्टर गरेको भनेर गुहेश्वरीमा फूल बेच्ने दिदीले मलाई ढुंगाले हान्नुभयो,” आइतबार काठमाडौंमा महाजात्रा चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा भने, “मलाई योभन्दा पनि नेगेटिभ रोलमा काम गर्ने रहर छ । हिटलर भएर काम गर्ने रहर छ ।” 

Dabur Nepal
NIC Asia

कलाकार एकै खालको भूमिकामा खुम्चिएर बस्न नहुनेमा उनको जोड छ । “महापुरुषमा म आदर्शवादी पुरुषको चरित्रमा काम गरेँ । म सधैँ एकै खालको क्यारेक्टरमा काम गरेँ भने डाउनफल हुन्छ,” हरिवंश भन्छन्, “यो सिनेमामा महाभ्रस्ट पुरुष भएर खेल्न पाएँ । यस्तैयस्तै फरक रोलमा काम गर्ने रहर छ ।”

‘महापुरुष’ले आफूलाई सिनेमामा एक खुड्किलो माथि चढाएको उनले स्मरण गरे । “अरू सिनेमाबाट अफर आउँदा मलाई खेल्ने कि नखेल्ने भनेर डर लाग्छ । कथा कस्तो छ भन्ने डर लाग्छ,” उनले अगाडि भने, “तर, जात्रा टिमले नबोलाउने हो कि भनेर डर लाग्छ ।” 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’मा हरिवंशले खलपात्रका रूपमा अभिनय गरेका छन् । हरिवंशसँगै यो चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्र चैत ९ गते रिलिज हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro