site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाले नेदरल्यान्ड्स र नामिबियाबीचको खेल नतिजाविहीन, उपाधि भिडन्तमा डच टोली र नेपाल

काठमाडौं । वर्षाका कारण नामिबियासँगको खेल बिनानतिजा टुंगिएपछि त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका निम्ति नेदरल्यान्ड्सले नेपालसँग खेल्ने भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाएर ९८ रन बनाउँदा पानी परेको थियो । वर्षाका कारण मैदान ओसिलो हुँदा खेल बिनानतिजा टुंगिँदा नेदरल्यान्ड्स लिग चरणको विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो ।

डबल राउन्ड रोबिन पद्धतिमा सञ्चालित लिग चरणमा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्यो । समान खेलबाट चार अंक बनाएको नेपालले दोस्रो स्थानमा रहँदै फाइनल यात्रा तय गर्‍यो । तीन अंक मात्र जोडेको नामिबिया प्रतियोगिताबाट बाहिरियो ।

उपाधिका निम्ति अब नेपाल र नेदरल्यान्ड्सबीचको खेल आउँदो मंगलबार हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने फाइनल बिहान ११ः३० बजे सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro