site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज बेलुकासम्मै वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । 

काठमाडौंमा आइतबार बेलुकासम्मै वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । निरन्तर वर्षा नभएर रोकिने, पर्ने हुन सक्ने उनको भनाइ छ ।

“काठमाडौंमा आज बेलुकासम्मै वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भनिन्, “निरन्तर नभएर केही बेर रोकिने, फेरि पर्ने हुन्छ । बिहान एक छिन परेको थियो, केही बेर रोकिएर अहिले फेरि परिरहेको छ ।”

काठमाडौंमा अहिले मेघगर्जनसहित हल्का वर्षा भएको उनले बताइन् । काठमाडौंमा आइतबार बेलुकादेखि पानी पर्न कम हुने उनले जानकारी दिइन् । बादल भने लाग्ने उनले बताइन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा अहिले हिमपात समेत भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण बदली, वर्षा र हिमपात भएको हो ।

पछिल्लो २४ घण्टा (शनिबार दिउँसो १ देखि आइतबार दिउँसो १ बजेसम्म)मा सबैभन्दा बढी वर्षा मनाङमा भएको मौसमविद् नगरकोटीले जानकारी दिइन् । “पछिल्लो २४ घण्टामा मनाङमा सबैभन्दा बढी ३७.४, सुर्खेतमा २७.६, दैलेखमा २५.२ मिलिमिटर वर्षा भएको छ,” उनले भनिन् ।

काठमाडौंको वर्षाको विवरण भने तत्काल उपलब्ध नरहेको उनले बताइन् । देशभरको मौसममा सोमबारदेखि क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro