site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
खतिवडाको ‘अकथ्य’ सार्वजनिक 

काठमाडौं । रंगकर्मी प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो कथाकृति हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले कृति लोकार्पण गरे । यो कृतिमा खतिवडाका नौ कथा समावेश छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे ।

साहित्यकार सगुना शाहले कृतिभित्रका कथाहरू गम्भीर र गहन भएको चर्चा गरिन् ।

कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुँदै आएको उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro