site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सालिन मृत्युको घटनाले बेचैन बनायो, अनुसन्धानमा सहयोग गरौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

Argakhachi Cement Island Ad

घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।

“चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।”

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्