site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशावादी

अंगद श्रेष्ठ ‘प्रयास’


मजबुरीको फाइदा  
उठाउन सकिनँ 
कायर भन्छन् 
भन्छन्– कमजोर छस्
सायद
छेपारोले रङ फेरेजस्तै 
जमानाअनुसार आफूलाई फेर्न सकिनँ !

पद, पैसा, शक्ति नै रहेछ मापदण्ड
कलियुगको भगवान् बन्न
मानवता आत्मसात् गर्दै 
छद्म दुनियाँमा बेइमान बन्न सकिनँ !

अनुशासन र संस्कार तोड्न नसक्नेले
समाज बदल्ने सपना देख्न हुन्न रे !  
चलअचल धनको अभावमा 
पुँजीवादको विशेषता बुझ्न सकिनँ !

शून्यबाट सुरु 
शून्यमा विलीन हुन्छ जीवन
सतिसालझैँ ठिंग उभिन 
कडा हुनुपर्छ मन
सिद्धान्तमा इमान, लक्ष्यमा ढृढता बनाए
परिवर्तित दुनियाँमा 
इमानदारीको जित देखिनेछ एक दिन ।

(गुलरिया–६, बर्दिया)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro