site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिबिफिनले भन्यो– कर्मचारीलाई हिरासतमा राखिनु दुःखद
SkywellSkywell

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकका कर्मचारीमाथि भएको धरपकडका विषयमा ध्यानाकर्षण गराएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले आपत्ति जनाएको छ ।

बैंकका गतिविधिहरू नियामक निकायको सूक्ष्म निगरानीमा हुने भन्दै प्रक्रियागत त्रुटीमा कर्मचारीलाई अपराधी जस्तो धरपकड गर्न नहुने बताइएको छ । “बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । व्यावसायिक÷व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ,” विज्ञप्तिमा भनिएको छ ।

KFC Island Ad
NIC Asia

तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको विज्ञप्तिमा उल्लेख छ । यो घटनाले लगानीकर्ता समेत सोचमग्न बनेको बताइएको छ ।

नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सवल र सक्षम भएको बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै प्रमाणित गरेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro