खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले तेस्रो सफलता दिलाएका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाका जेपी कोट्जेलाई सोमपालले ७.२ ओभरमा विकेटकिपर आसिफ सेखबाट क्याच गराए ।
जारी खेलको आठ ओभर समाप्त हुँदा नामिबियाले तीन विकेट गुमाएर ५५ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्