site stats
बाह्रखरी :: Baahrakhari
खेल
कुशल मल्लको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य 

काठमाडौं । कुशल मल्लको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको हो । 

नेपालबाट कुशलले अविजित ५५ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका कुशलले ३७ बलमा एक चौका र चार छक्का प्रहार गरे । सात ओभरमा ६४–४ को नाजुक अवस्थाबाट कुशलले आरिफ सेखसँग पाँचौं विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

१६.३ ओभरमा ज्याक ब्रासेलले जान फ्राइलिन्कबाट क्याच गराउनुअघि आसिफले २४ बलमा चार चौकासहित ३१ रन बनाए । 

Global Ime bank

यसबाहेक, नेपाली टिमको खातामा गुल्सनकुमार झाले १६ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे ।  अनिल साहले १७ बलमा तीन छक्कासहित २३ रन थपे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौकासहित १६ रन जोडेर आउट भए । कप्तान रोहित पौडेलले १० रन बनाए ।

नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सिकोन्गोले २८ रन खर्चिए । ज्याक ब्रासेलले दुई विकेट लिए । रुबेन ट्रम्पेलमेन, ज्यान निकोल लोफ्टी–इटोन र बर्नार्ड स्कल्जले एक–एक विकेट लिए । 

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलामा नेपालको तेस्रो खेल हो । नेपालले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । यता, तेस्रो खेल खेलिरहेको नामिबियाले भने यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu