site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा एमालेको कटाक्ष– प्रधानमन्त्रीको खोजी गर्न संसदीय समिति बनाउनुपर्ने हो ? 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्प्रति जवाफदेही बन्न आग्रह गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद् सूर्य थापाले फागुन ६ गतेदेखि उठेका र ध्यानकर्षण गर्नका लागि पटक–पटक रुलिङ हुँदा पनि प्रधानमन्त्री उपस्थित नभएको भन्दै आपत्ति प्रकट गरे । 

उनले १४ गतेको बैठकमा सभामुखले अर्को बैठकमा जवाफ दिन रुलिङ गरे पनि प्रधानमन्त्री अनुपस्थित भएको भन्दै खोजी गर्न माग गरे । “प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने सञ्चारमाध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । सरकारलाई संसद्प्रति जवाफदेही बन्नुपर्यो,” थापाले भने । 

उनले प्रधानमन्त्रीको खोजी गर्न संसदीय समिति बनाउने कि संसद् स्थगित गर्ने भन्दै कटाक्ष गरे । “सरकार जवाफदेही भएन । सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्रीको खोजी गर्न संसदीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो ? कति दिन समय चाहिने हो ?,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu