site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा आगलागी, ४३ जनाको मृत्यु, २० घाइते

काठमाडौं । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई बुझाइएको छ ।

सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका ४२ जनासहित ७० जनालाई अग्निनियन्त्रकले उद्धार गरेका छन् ।

भवनको पहिलो तल्लामा रहेको ‘कच्ची भाइ’ नामक रेस्टुरेन्टबाट राति ९ः४५ बजे आगलागी सुरु भएको थियो ।

Global Ime bank

आगो अन्य तलामा फैलिँदा धेरै मानिस रेस्टुरेन्टमा खाना खाइरहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu