अर्थ व्यवसाय

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ । बिहीबार संघको २३औँ साधारण सभाले औपचारिकरूपमा नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् । यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरु शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन् ।
संघको महासचिवमा सुवास सापकोटा चयन हुँदा सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन् र
सदस्यमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १९:१६
प्रतिक्रिया दिनुहोस्