site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गरिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको छ । बिहीबार काठमाडौमा बसेको पार्टीको दस्तावेज मस्यौदा समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिकलगायत विषय समेटेर एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीभित्र अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने बैठकपछि उनले बताए । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल गरिने प्रवक्ता खतिवडाले जानकारी दिए ।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका निम्ति हुने चुनौती, रुपरेखालगायत विषय समेटिने एकीकृत समाजवादीले जनाएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro