site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक

काठमाडौं । राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन् । समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ । यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ । यसै सन्दर्भमा पब्लिकेसन नेपा~लयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ ।

‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्ले हुन् । गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् ।

पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा कांगडासम्म फैलाउन सफल भएको देखिन्छ ।

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो । नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो ।

Global Ime bank

बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लियो । र, यसैबीच आएको कोरोना महामारीले पनि यो पुस्तकको प्रकाशन तालिका लम्बिन पुगेको लेखक चिरन्जीवी वाग्ले बताउँछन् ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।’


‘ऐतिहासिक आख्यानहरुले ओझेलमा परेका इतिहासका महत्वपूर्ण पात्र र परिघटनालाई बुझ्न सहयोग पुर्याउँछन्, यसै मान्यताअनुरुप ऐतिहासिक पात्र बहादुर शाहमाथि लेखिएको ‘बहादुर शाह’ कृति प्रस्तुत गरेका छौं,’ पब्लिकेसन नेपा~लयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu