site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन्धारामा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच झडप, सातजना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको छ । बुधाबार साँझ सुन्धारास्थित फुटपाथमा भएको झडपका क्रममा सातजना नगर प्रहरी घाइते भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । उनले आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको बताए । 

"फुटपाथ व्यापारीहरूले हाम्रो प्रहरीमाथि आक्रमण गरेको हो । सातजना जति घाइते भएका छन् । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ," उनले भने ।

फुटपाथ व्यापारीतर्फ पनि केही घाइते भएका छन् ।

तर, महानगर प्रहरी प्रमुख पाण्डेले आफूहरूलाई फुटपाथतर्फका घाइतेबारे कुनै जानकारी नभएको बताए । 

महानगरले फुटपाथ व्यवसायलाई निरुत्साहित गर्ने उद्देश्य लिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro