site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की, पदाधिकारी पनि सर्वसम्मत

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।

समिट एयरका अकाउन्टेबल म्यानेजरसमेत रहेका कार्की संघका महासचिव हुन् ।

Dabur Nepal
NIC Asia

नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिएको छैन । बिहीबार हुने संघको २३औँ साधारण सभाले औपचारिकरूपमा नयाँ कार्यसमितिको घोषणा गर्ने संघको तयारी छ ।

संघका एक सदस्यले सर्वसम्मतरूपमा पदाधिकारीसहित सबैको नाम टुंगो लागिसकेको जानकारी दिए । तर, सबैको नाम बिहीबार घोषणा हुने उनको भनाइ छ ।

“हामीले सधैँ नै सर्वसम्मतरूपमा चयन गर्दै आएका छौँ । अहिले सर्वसम्मतरूपमा नै चयन भएको छ । भोलि सबैको नाम घोषणा गर्छौं,” ती सदस्यले बाह्रखरीसँग भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro