site stats
बाह्रखरी :: Baahrakhari
कला
कहाँ–कहाँ प्रदर्शन हुँदै छ ‘महाजात्रा’ ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ विदेशमा पनि नेपालमा रिलिज भएकै दिन प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसको निर्माण ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार एमएसएम इन्टरटेन्मेन्टले खरिद गरेको छ । 

उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोपअन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दै छ । 

उक्त कम्पनीका सञ्चालक छत्र थापाले भने, “नेपाल झैँ विदेशमा दर्शकको प्रतीक्षामा रहनुमा जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता पनि हो ।” 

आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको छ । 

Global Ime bank

चलचित्रमा हरिबंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ खड्कालगायतको अभिनय रहने छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu