site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वसभामुख ढुंगानालाई प्रहरीले संसद् भवन छिर्न नदिएपछि...
फाइल तस्बिर ।

काठमाडौं । कार्यक्रमको स्थानबारे अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रूपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो ।

Dabur Nepal
NIC Asia

तर, ढुंगाना कार्यक्रम संसद् भवनमा हुने 'ठानेर' बानेश्वर पुगे । नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न दिएन ।

प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउदिनँ भन्ने महसुस भएको उनको भनाइ छ ।

उनले अघिल्लोपटक संसद् विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको उनको भनाइ छ । 

उनले तेस्रोपटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए ।

सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने, "संसद् भवनामा प्रवेश नै पाइनँ मैले । पहिले त म मुद्दामा मात्रै परेँ । यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो मलाई । अब तेस्रोचोटि के हुन्छ ? थाहा छैन ।"

सोमबार प्रतिनिधिसभा बैठक चलिरहेको बेलामा लघुवित्त ऋणीहरू संसद् भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद् भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro