site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
१६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको अनर एक्स ८बी नेपालमा
SkywellSkywell

काठमाडौं । अनरले नेपालमा ‘अनर एक्स८बी’ स्मार्टफोन भित्र्याएको छ । ५१२ जीबी स्टोरेज भएको अनर एक्स ८बी लाई कम्पनीले ‘कम्प्युटर लेभल स्टोरेज’ ट्यागलाइन दिएको छ ।

अनर एक्स८बी आठ जीबी र थप गर्न मिल्ने आठ जीबी गरी १६ जीबी र्‍याम छ । फोनको स्टोरेज ५१२ जीबी रहेको कम्पनीले जनाएको छ । फोनमा एन्ड्रोइड १३, क्वाल्कमको स्न्यापड्र्यागन ६८० चिपसेट र मेजिक ओएस ७.२ रहेको छ ।

Dabur Nepal
NIC Asia

फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा, वाइड र डेप्थ क्यामेरासँगै दुई मेगापिक्सेलको म्याक्रो गरी ट्रिपल क्यामरा प्रणाली छ । फोनमा ५० मेगा पिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

अनर एक्स८बीमा अत्याधुनिक ६.७ इन्चको ब्राइट एमोलेड डिस्प्ले रहेको छ । यसले १२ सय निट्सको एचबीएम ब्राइटनेस र दुई हजार निट्सको पीक ब्राइटनेस प्रदान गर्ने कम्पनीको दाबी छ ।

डिस्प्लेमा ९० हर्टज रिफ्रेस रेट र तीन हजार २४० हर्ट्ज पीडब्लूएम डिमिङ रहेको अनरले जनाएको छ । फोनको मोटाइ ६.७८ मिलिमिटर र तौल १६६ ग्राम मात्रै छ । यस मूल्य रेन्जमा यो नै यति पातलो र हलुका फोन भएको कम्पनीको दाबी छ ।

फोनमा ४५ सय एमएएचको ब्याट्री रहेको छ । ३५ वाटको सुपरचार्ज टेक्नोलोजीले छिटो चार्ज हुन कम्पनीको भनाइ छ ।

फोनको मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले यो फोनको प्रि–बुकिङ सोमबारदेखि सुरु भएको बताएको छ । बुधबार प्रि–बुकिङ सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu