site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कफ सिरप खाँदा ६८ बालबालिकाको मृत्यु घटनामा २३ जनालाई जेल सजाय
SkywellSkywell

काठमाडौं । उज्बेकिस्तानको एक अदालतले विषाक्त मिसावट भएको कफ सिरपबाट ६८ बालबालिकाको मृत्यु भएपछि २३ जनालाई जेल सजाय सुनाएको छ ।

जेल सजाय सुनाइएका व्यक्ति कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसखोरीको अभियोगमा दोषी ठहर भएका छन् ।

उनीहरूलाई दुई वर्षदेखि २० वर्षसम्मको सजाय तोकिएको छ । ६ महिनासम्म चलेको यो सुनुवाइका क्रममा यसअघि ६५ बालबालिकाको मृत्यु भएको भनिएको थियो । एक महिनाको अवधिमा मृत्यु हुनेमा तीन बालबालिका थपिएका हुन् ।

KFC Island Ad
NIC Asia

विषाक्त पदार्थ मिसिएको सिरप भारतको मेरियन बायोटेकले उत्पादन गरेको थियो । उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले यो सिरपलाई वितरण गरेको थियो ।

सबैभन्दा लामो २० वर्षको जेल सजाय कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सुनाइएको छ ।

गत जनवरीमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मेरियन बायोटेकका दुई कफ सिरप खाँदा १८ उज्वेकिस्तानी बालबालिकाको मृत्यु बताएको थियो ।

डब्ल्यूएचओले ‘एम्ब्रोनोल’ र ‘डोक–१ म्याक्स’मा अत्यधिक मात्रामा प्रदूषक रहेको बताएको छ ।

मेरियन बायोटेकले त्यसबेला यी आरोप अस्वीकार गरेको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro