site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासका प्रमुख सिनवार मृत्युको आधिकारिकता जाँच गर्दै इजरायल

जेरुसेलम । इजरायलले हमासका प्रमुख याह्या सिनवार मृत्युको आधिकारिकताबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमासलाई ठूलो झट्का हुने छ । 

इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ । 

इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् । 

हमास र इरानले हानियाको हत्याका लािग तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् तर इजरायलले यसबारेमा कुनै टिप्पणी गरेको छैन । 

सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ । 

हालैका महिनाहरूमा इरान समर्थित अन्य कमान्डरहरूको पनि हत्या गरिएको छ । इजरायलले यसै वर्षको सुरुमा उसले हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई आक्रमणमा मारेको बताएको थियो । यद्यपि, हमासले यसको पुष्टि गरेको छैन । देइफमाथि सिनवारसँग मिलेर अक्टोबर ७ को आक्रमणमा योजना बनाएको आरोप लगाइएको थियो ।

गाजा युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयमा हमास अत्यन्तै कमजोर भएको छ र सिनवारको मृत्यु पुष्टि भयो भने हमासलाई ठूलो धक्का लाग्ने छ ।

सेनाले एउटा संक्षिप्त वक्तव्यमा ‘गाजा पट्टीमा सञ्चालनका क्रममा तीन लडाकु मारिएको’ बताएको छ । इजरायली रक्षा एजेन्सीहरूले ‘एक जना याह्या सिनवार हुनसक्ने सम्भावनाबारे जाँच गरिरहेको’ भन्दै ‘यस चरणमा लडाकूहरूको पहिचान पुष्टि गर्न नसकिने’ बताएको छ । 

सिनवार हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न एक लडाकूको शरीरको डिएनए परीक्षाण गरिरहेको एक इजरायली सुरक्षा अधिकारीले बताए । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro