site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जालझेलमा नियुक्त’ ५२ पदाधिकारीविरुद्धको रिटमा १० पेसी, ६ पटक ‘हेर्न नभ्याइने’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एकातिर प्रतिनिधिसभा विघटन, अर्कोतिर अध्यादेश जारी गर्दै २०७७–२०७८ मा संवैधानिक अंगमा भर्ती गर्ने खेल रह्यो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको । दुईचोटि गरी ५२ पदाधिकारी भर्ती भए, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भागबन्डा पुर्‍याउँदै ।

भागबन्डामै राणाले भतिजा मात्र होइन, पीएकै आमालाई समेत नियुक्त गर्न भ्याए । तिमिल्सिनाले भाइलाई नियुक्ति दिलाएपछि विवादित बनेका थिए ।

झन् ओलीले राणाकालीन हुकुमी शैलीमा कार्यकर्तादेखि मनलाग्दी ढंगले ‘आफ्ना मानिस’ भर्ती गरेकै हुन् । संविधानविपरीत अध्यादेश जारी गरी संवैधानिक भर्ती गरिएपछि तिनको वैधतामाथि निरन्तर प्रश्न गरिँदै आएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संविधानविपरीत जारी अध्यादेशका आधारमा बोलाइएको संवैधानिक परिषद्को बैठक तत्कालीन सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए । भूमिगत शैलीमा नियुक्त ती पात्रको संविधानतः संसदीय सुनुवाइ समेत भएको छैन । तिनको योग्यता, क्षमता, दक्षतामा प्रश्न उब्जने नै भयो ।

दुवैचोटिका नियुक्ति ‘असंवैधानिक’ भएको जिकिरसहित रिट दायर गरियो । तर, भाग पाएका तत्कालीन राणाले रिटविरुद्ध अनेकन् षड्यन्त्र, जालझेल रचे, राणाकालीन शैलीमा । 

Royal Enfield Island Ad

भागबन्डाका क्रममा मन्त्री समेत खोजेपछि अन्ततः राणा स्वयंविरुद्ध महाभियोग दर्ता गरियो । एमालेसँग गला मिलाएका राणाविरुद्धको महाभियोग पनि झेली खेलमै पर्‍यो ।

अब त सुनुवाइ होला कि !
सर्वाेच्च अदालतमा विचाराधीन रिट भोलि (बुधबार)का निम्ति पेसी तोकिएको छ । यो १०औँ पेसी हो । १० मध्ये ६ पटक ‘हेर्न नभ्याइने’मा परेको थियो । अन्तिमपटक गएको मंसिर २० गतेका लागि पेसी तोकिएको थियो । त्यसअघि, ०८० भदौ १७, ०७९ फागुन ३ मा पनि यो रिट लगातार ‘हेर्न नभ्याइने’मा परेको थियो ।

ओली नेतृत्वको सरकारले ०७७ मंसिर ३० गते संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) ऐन पहिलो संशोधन अध्यादेश जारी गरेको थियो । त्यसपछि संवैधानिक परिषद् बैठकबाट ३६ पदाधिकारी सिफारिस गरिएको थियो ।

सिफारिस भएका मध्ये चारजनाको शैक्षिक योग्यता समेत नपुगेपछि शपथ लिन पाएनन् । अर्थात्, शैक्षिक योग्यता समेत हेर्न असमर्थ संवैधानिक परिषद्ले तिनको ‘नेकिवधि’ केलाउने कुनै सम्भावना थिएन, किनभने त्यससम्बन्धी काम–कारबाही नै भूमिगत शैलीमा गरिएको थियो ।

त्यो दिनको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मिडियालाई परिषद्बाट कुनै निर्णय नभएको बताएका थिए ।

पछि संवैधानिक परिषद्को ऐन संशोधन अध्यादेश संविधानविपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले ०७७ पुस १ मा रिट दायर गरे । तत्कालीन प्रधानमन्त्री ओलीले एकातिर ०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरे, त्यसपछि भूमिगत शैलीमा नियुक्त पात्रहरूको संसदीय सुनुवाइ गर्न संसद् सचिवालयमा पत्र पठाइयो । प्रतिनिधिसभा विघटित अवस्थामा भएपछि सुनुवाइ हुने कुरै भएन ।

अनि, सिफारिसपत्र संसद्‌मा पुगेको ४५ दिन पूरा भएलगत्तै ०७७ माघ २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो अनुमोदन गरेकी थिइन् ।

रिटविरुद्धको खेल
०७७ पुस १ मा दायर रिटमा पुस ३ गतेको पेसी तोकिएको थियो । तत्कालीन प्रधानन्यायाधीश राणाको नेतृत्वको संवैधानिक इजलासमा त्यो रिट त्यस दिन हेर्न नभ्याइनेमा पर्‍यो । पुस १७ मा अर्को पेसी तोकियो । पुस १७ मा रिट ‘हेर्न नमिल्ने’मा पर्‍यो । अनि, एकैपटक आठ महिनापछि अर्थात् ०७८ भदौ ११ का निम्ति पेसी तोकिएको थियो ।

सोही वर्ष फागुन ११ मा सर्वोच्चको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटन बदर भयो । सो अध्यादेश प्रतिनिधिसभामा पनि पेस गरियो, स्वीकृत भएन ।

संसद्बाट स्वीकृत नभएपछि निष्क्रिय अध्यादेश ओली सरकारले ०७८ वैशाख २१ गते पुनः जारी गर्‍यो । अघिल्लो अध्यादेशले गरेका काम पनि कानुनबमोजिम मानिने गरी त्यसमा बचाउ गरियो ।

अध्यादेश जारी गरेको भोलिपल्ट अर्थात् ०७८ वैशाख २६ मा संवैधानिक आयोगमा थप २० पदाधिकारी सिफारिस गरियो । ०७८ जेठ ८ मा ओलीले दोस्रोपटक संसद् विघटन गरे ।

०७८ जेठ ३० मा अधिवक्ता अर्यालले पूरक रिट दायर गरी सिफारिस बदर गर्न माग गरेका थिए । रिटमाथि सुनुवाइ नहुँदै ०७८ असार १० गते २० पदाधिकारी नियुक्त गरियो ।

०७८ असार २८ मा सर्वोच्चको संवैधानिक इजलासको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापना भयो । परमादेशसँगै असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए ।

०७८ असार ३ गते तत्कालीन राष्ट्रपति भण्डारीबाट अध्यादेश खारेज भयो । अध्यादेश खारेज भएपछि नियुक्ति पनि बदर हुनुपर्ने भन्दै अधिवक्ता अर्यालले अर्को पूरक निवेदन दिए । त्यसमा पनि सुनुवाइ भएन, किनभने प्रधानन्यायाधीशको कुर्सीमा चोलेन्द्रशमशेर नै थिए ।

पूर्वनिर्धारित पेसीअनुसार सोही वर्ष भदौ ११ मा संवैधानिक इजलासमा सुनवाइ भयो । बहसका क्रममा अधिवक्ताले प्रधानन्यायाधीश राणा स्वयंले भाग लिँदै नियुक्तिमा सामेल भएका कारण उनको नेतृत्वमा निष्पक्ष सुनुवाइ हुन नसक्ने जिकिर गरे । राणाले इजलासमै अर्को सुनुवाइमा आफू अनुपस्थित हुने र वरिष्ठतम् न्यायाधीश नेतृत्वको इजलासले सुनुवाइ गर्ने बताए । अर्को पेसी भदौ १८ का निम्ति तोकिएको थियो ।

तर, ०७८ भदौ १६ मा अधिवक्ता डा. गणेश रेग्मीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै अर्को रिट दायर गरे । उक्त रिटमाथि सुनवाइ गर्ने जिम्मेवारी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पर्‍यो ।

भदौ १७ मा उनको इजलासले निवेदनकर्ता रेग्मीले सुनुवाइमाथि प्रश्न उठाएको जिकिर गर्‍यो । ती प्रश्नको सम्बोधन नगर्दासम्म संवैधानिक इजलासको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गर्‍यो ।

वरिष्ठ न्यायाधीश सम्मिलित संवैधानिक इजलासलाई एकल इजलासबाट अवरुद्ध गर्ने अनौठो खेल समेत देखापर्‍यो, संवैधानिक अंगमा भर्ती प्रकरणमा ।

पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइ एकल न्यायाधीश फुयालको इजलासले रोकेपछि न्यायिक र गैरन्यायिक क्षेत्रमा सनसनी मच्चिएको थियो । फुयाल, ओली पहिलोचोटि प्रधानमन्त्री हुँदा उनकै महान्यायाधिक्तामा नियुक्त भएका थिए । महान्यायाधिवक्ता बनेको केही समयमै सर्वाेच्चको न्यायाधीश बनाइएको थियो ।

फुयालकै आदेशबाट भदौ १८ को संवैधानिक इजलासको सुनुवाइ प्रभावित भयो । भदौ २० मा अधिवक्ता अर्यालबाट अदालतले आफँै सरोकारमा लिएर ‘सुमोटो’ सुनुवाइ गर्नेसम्बन्धी निवेदन पर्‍यो ।

भदौ २८ मा अधिवक्ता अर्यालले संवैधानिक इजलासको सुनुवाइ सुचारु गर्न अर्को पूरक निवेदन दायर गरे । ०७८ असोज ६ मा रेग्मीको रिटको सुनवाइमा सहभागी हुन पाऊँ भन्दै अर्यालले अर्को निवेदन दिए । सबै निवेदन थन्कँदै गए, ५२ पदाधिकारीविरुद्धको रिटमाथि सुनुवाइ भएन ।

०७८ फागुन १ गते राणाविरुद्ध संसद्‌मा महाभियोग प्रस्ताव दर्ता गरियो । ०७८ चैत ९ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले अध्यादेशबाट नियुक्ति पदाधिकारीको पनि नामनामेसी खुलाई विपक्षी बनाउने आदेश गर्‍यो ।

त्यही इजलासबाट न्यायाधीश फुयालको इजलासद्वारा अन्तरिम आदेश जारी भएको डा. रेग्मीको विचाराधीन रिट खारेज गरियो । रेग्मीको रिट खारेज हुनु भनेको न्यायाधीश फुयालको आदेशमा ‘कैफियत’ थियो भन्ने स्पष्ट हुन्छ । सँगै इजलासले अर्यालसहित अध्यादेशविरुद्ध परेका सबै रिट लगाउमा राखी एकसाथ सुनुवाइ गर्ने र अग्राधिकार प्रदान समेतको आदेश जारी गर्‍यो ।

०७९ असार ८ गते संवैधानिक इजलासले संवैधानिक परिषद्, संसदीय सुनुवाइ समिति र राष्ट्रपतिबाट भएको नियुक्तिसम्बन्धी कागजात झिकाउने आदेश गरेको थियो । 

त्यसपछि ०७९ फागुन ३, ०८० भदौ २७ र ०८० कात्तिक २० मा पेसी चढेको उक्त रिट हेर्न नभ्याइनेमा पर्‍यो । सर्वोच्चबाट सुनुवाइ सरिरहँदा ‘असंवैधानिक नियुक्ति’ भनिएका संवैधानिक आयोगका पदाधिकारी तीनवर्षे जागिर पूरा गरी चौथो वर्षमा प्रवेश गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro