site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटोनको कीर्तिमानी शतकमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य 

काठमाडौं । जान निकोल लोफ्टी–इटोनको कीर्तिमानी ब्याटिङप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो ।

इटोनले १०१ रनको सानदार इनिङ खेले । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर समेत बने । इटोनले ३६ बलमा ११ चौका र आठ छक्का प्रहार गरे । ३३ बलमा शतक बनाउँदै इटोनले नेपालको कुशल मल्लका नामम रहेको कीर्तिमान भंग गरेका हुन् ।

यसअघि, एसियन गेम्समा मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बनेका थिए ।

६२–३ को अवस्थामा ब्याटिङका निम्ति आएका इटोनले चौथो विकेटका लागि मलान क्रुजरसँग १३५ रनको कीर्तिमानी साझेदारी गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै नामिबियाले बनाएको अहिलेसम्मको उच्च साझेदारी हो । सन् २०१९ मा सिजी विलियम्स र जेपी कोट्जेले बोत्सवानाविरुद्ध ११२ रनको साझेदारी गरेका थिए ।

खेलको ११औँ ओभर सकिँदासम्म नामिबियाले तीन विकेट गुमाएर ६६ रन बनाएको थियो । यसपछि इटोन र क्रुजरको आक्रामक साझेदारीसँगै नामिबियाले पछिल्लो नौ ओभरमा १४० रन जोड्यो ।

नामिबियाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले ३० रन खर्चिए । करण केसी र अभिनाश बोहराले समान एक विकेट लिए ।

ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro